अर्थ संसार, काठमाडौं– आफुनो सेयरधनीलाई किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांस दिने भएको छ ।
यही २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
किसान माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा एक करोड ४३ लाख ६० हजार रुपैंया खुद नाफा कमाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस