Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हङकङसँग ८४ रनले पराजित

शुक्रबार, २७ असोज २०७४, १४ : ०२ मा प्रकाशित

नेपाल हङकङसँग ८४ रनले पराजित

अर्थ संसार, काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल हंङकङसँग ८४ रनले पराजित भएको छ ।

हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४।५ ओभरमा १११ रन बनाउँदै अल आउट भएको हो । हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन, आरिफ शेखले २३, उपकप्तान ज्ञानेन्द्र मल्ल २१ र विनोद भण्डारीले १८ रन बनाए पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् ।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले २, करन केसीले २, सुशन भारीले १ विकेट लिए। ३.४ ओभरमा शुन्य रन हुँदै हङकङको पहिलो विकेट गुमेको थियो ।

त्यसपछि निकै आक्रामक व्याटिङ गरेका बाबरलाई १०.५ ओभरमा रनआउट गरी दोस्रो विकेट लिएको थियो । उनले २६ रलमा २९ रन बनाएका थिए । हङकङका लागि सर्वाधिक ७६ रन जेजे अटकिन्सनले बनाए ११७ बलको सामना गरेको उनले ९ चौका र १ छक्का प्रहार गरे । तानवीर अफजलले ३८ रन बनाए भने बाबरले २९ रन बनाए ।

१४४ रन बनाउँदा ८ विकेट गुमाएको हङकङका लागि आठौं नम्बरमा व्याटिङ गर्न आएका तानवीरले आक्रामक व्याटिङ गरेपछि हङकङ ठूलो स्कोर बनाउँन सफल भयो । हङकङका लागि इशान खान एक्लैले पाँच विकेट लिए र अइजाज खानले तीन विकेट लिएपछि नेपालको ब्याटिङ जम्न सकेन ।

हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो। हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको