Like us!
Follow us!
Connect us!
Watch us!

अर्किड होल्डिङ्ग्सद्वारा हकप्रद सेयरमा आवेदन दिने समय थप

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १४ : १६ मा प्रकाशित

अर्किड होल्डिङ्ग्सद्वारा हकप्रद सेयरमा आवेदन दिने समय थप

अर्किड होल्डिङ्ग्स लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय थपेको छ । यसअघि बिक्री खुला गरेको सेयरमा आवेदन प्राप्त नभएपछि कम्पनीले ५३ दशमलव ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने समय थपेको हो । 

केही सेयरधनीहरूबाट सेयरबापतको रकम जम्मा गर्न म्याद थप गरिदिन माग भएकाले बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । अब चैत १९ गतेसम्म कायम सेयरधनीहरूले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । सम्बन्धित सेयरधनीहरूले हकप्रद सेयरबापतको रकम हात्तीसारस्थित् लक्ष्मी बैंक लिमिटेडको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको