Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाका केन्द्रीय सदस्य एमालेमा, ओलीको हातमा लाए टिका

शनिबार, २८ असोज २०७४, १६ : ४१ मा प्रकाशित

राप्रपाका केन्द्रीय सदस्य एमालेमा, ओलीको हातमा लाए टिका

अर्थ संसार, काठमाडौं – राप्रपा केन्द्रीय सदस्यसहित १०० जना एमालेका प्रवेश गरेका छन् । राप्रपा केन्द्रीय सदस्य बाबुकाजी प्रधान, पूर्व गृहराज्यमन्त्रीको स्वकीय सचिव प्रवेश दाहाललगायत कांग्रेस–माओवादीका अन्य नेताहरु एमाले प्रवेश गरेका हुन् ।

असोज १९ गते लगनखेलस्थित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई अबिर लगाई स्वागत गरेका हुन् ।

सोही दिन भद्रगोलका हास्यकलाकार सुमन ज्योती ‘ल्याङग्री दादा’ पनि एमाले प्रवेश गरेका छन् । ओलीले कार्यक्रममा युवाहरुको विश्वास र काम गर्ने पार्टी भनेको एमाले रहेको बताए ।

पूर्व गृहराज्यमन्त्रीको स्वकीय सचिव  दाहालले अब एमाले छाडेर कतै नजाने बताए । उनले घात र अन्तर्घात नगर्न एमाले नेताहरुलाई सुझावसमेत दिए ।

 

59e1ef49bcf72.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको