Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जरसम्बन्धि प्रस्ताव मुख्य एजेण्डा

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, ११ : २३ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जरसम्बन्धि प्रस्ताव मुख्य एजेण्डा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले चौथो वार्षिक साधारणसभा आउँदो असार १६ गते बस्ने गरी डोकेको हो । सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । 

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । सभाले मर्जर प्रयोजनार्थ तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि  ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षण रिपोर्ट पनि स्वीकृत गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनाका लागि संस्थाले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको