Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ३१ प्रतिशतको वृद्धि, कुनको नाफा कति ?

अर्थ संसार

आइतबार, २८ असार २०८३, १५ : ११ मा प्रकाशित

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ३१ प्रतिशतको वृद्धि, कुनको नाफा कति ?

नेपालमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकले जेठ मसान्तसम्म कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

विकास बैंकहरुको नाफा गत आर्थिक वर्षको तुलनामा ३१.७८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी बैंकहरुले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने नाफा वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि देखिएको छ । चालू आर्थिक वर्षको जेठसम्म गरिमा विकास बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको  तुलनामा ३३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा गरिमाले १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो । धेरै नाफा कमाउने सूचीमा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशतले बढेको छ  । समीक्षा अवधिसम्म  बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा बैंकको नाफ  १ अर्ब ५ करोड १७ लाख रुपैयाँ थियो ।

त्यस्तै, तेस्रो स्थानमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जेठमसान्तसम्म १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ७३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले आफ्नो नाफामा ३७.९८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको ११ महिनामा अन्य विकास बैंकहरुको नाफा पनि सन्तोषजनक देखिएको छ । यस अवधिमा ज्योति विकास बैंकले ८१ करोड ६१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यसैगरी महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको