Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोलाले डाक्यो साधारण सभा, १५० प्रतिशत हकप्रद सेयर पारित गर्ने मुख्य एजेण्डा

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, ११ : ३६ मा प्रकाशित

आँखुखोलाले डाक्यो साधारण सभा, १५० प्रतिशत हकप्रद सेयर पारित गर्ने मुख्य एजेण्डा

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते काठमाडौँको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो। 

सभाले चुक्तापुँजीको १.१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। त्यस्तै सभाले हकप्रद सेयर जारी गर्नका लागि कम्पनीको पुँजीगत संरचनामा वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले गणेश हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्पतीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता पारित गर्नेछ। 

त्यस्तै सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनाका लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको सभामा भाग लिन पाउनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको