Like us!
Follow us!
Connect us!
Watch us!

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे भारत सकारात्मक छः नविन श्रीवास्तव

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १४ : ३८ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे भारत सकारात्मक छः नविन श्रीवास्तव

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्गबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन् ।

आज (मंगलबार) लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई मार्गको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने जनाए ।

नेपाल र भारत सरकारबीच नयाँ हवाई मार्ग र भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको प्रविधिमा आधारित विमान अवतरण प्रणाली (इन्ट्रिुमेन्टल ल्यान्डिङ सिस्टम–आईएलएस) सञ्चालनबारे समेत छलफल भइरहेको उनको भनाई छ ।

दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताउँदै उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको