Like us!
Follow us!
Connect us!
Watch us!

१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, विज्ञसँग छलफल गर्दै

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १२ : ५५ मा प्रकाशित

१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, विज्ञसँग छलफल गर्दै

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१-८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ ।

१६औँ योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको