Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ देखि सुरु हुँदै

अर्थ संसार

शुक्रबार, ०८ असार २०८०, १० : ५५ मा प्रकाशित

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ देखि सुरु हुँदै

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु हुने भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका हुन्।

यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।  वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । दुबै कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । 

मर्जर प्रयोजनका लागि दुई दिन अर्थात् असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने कम्पनीले जानकारी गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको १ अर्ब ९७ करोड ११ लाख ६१ हजार रहेकोछ । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको