नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले निजी बैंंकहरुलाई तत्कालै आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले यस्तो माग गरेका हुन् ।
उनलेले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरब्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनैपर्ने बताए ।
उनले भने, ‘निजी बैंक भनेको नाफाका लागि खोलिएको हुन्छ । उसले मिटरब्याज पीडितलाई दुःख भयो कि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनुपर्दछ ।’-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस