Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार भन्दा प्रति लिटर ५ रुपैयाँ सस्तो पेट्रोल आजबाट,डिजेल र मट्टितेलको पनि मूल्य घट्यो

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ०९ : ३७ मा प्रकाशित

सोमबार भन्दा प्रति लिटर ५ रुपैयाँ सस्तो पेट्रोल आजबाट,डिजेल र मट्टितेलको पनि मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । 

त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । निगमले दुरीको आधारमा पहिलो वर्ग दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न जिल्लाहरुको वर्गिकरण गरेर बिक्री मूल्य निर्धारण गरेको हो ।

सबै बक्यौता चुक्ता भएर महिनामै ३ अर्ब रुपैयाँ नाफा हुने अहिले नगमको अवस्था छ। भारतबाट मूल्य घटेर आएपछि सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको  मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । 

त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५ र १४७.५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएर १ सय ३६ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको छ ।

64a39887e2c51.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको