ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना र मझौला उद्यमीहरूको उत्पादनलाई बजारसम्म विस्तार गर्न "ग्लोबल हाट बजार" सञ्चालनमा ल्याएको छ। बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार यस हाट बजारको आयोजना गरिनेछ, जसले उद्यमीहरूको उत्पादनलाई प्रोत्साहन दिने र नेपाली उत्पादनलाई बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रराज रेग्मीले हाट बजारको उद्घाटन गर्दै यसले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने बताए। उनले भने, "यो हाम्रो सानो प्रयास हो, जसले अर्गानिक, रैथाने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली उत्पादकलाई प्रोत्साहन दिनेछ।"
हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली, हस्तकला सामग्री र सजावटमा प्रयोग हुने बिरुवा जस्ता स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री हुनेछ। यस कार्यक्रमले लघु, साना र मझौला उद्यमीहरूलाई सस्तो र प्रभावकारी बजार अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
ग्लोबल आइएमई बैंकले यस पहलमार्फत आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यसले विश्वभरका विभिन्न मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ र नेपालका ७७ जिल्लामा आफ्ना शाखा सञ्जाल विस्तार गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस