Like us!
Follow us!
Connect us!
Watch us!

आज खुल्ने भनिएको आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ: एकाएक आवेदन दिने मिति सर्यो, कारण यस्तो

अर्थ संसार

बुधबार, २० असार २०८०, ०७ : ४४ मा प्रकाशित

आज  खुल्ने भनिएको आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ: एकाएक आवेदन दिने मिति सर्यो, कारण यस्तो

आज देखि खुला हुने भनिएको आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ कम्पनीले एक सूचना निकाल्दै सारेको छ। आज अर्थात असार २० गते देखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओ अब असार २१ गते अर्थात भोली बिहिबार देखि मात्र आवेदनलाई खुला गरिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ। 

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 


कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

लगानीकर्ताले आइपीओमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको