Like us!
Follow us!
Connect us!
Watch us!

बुलिस यात्रामा श्रीलंकाको सेयर बजार : एक महिनामा १५८२ अंककाे वृद्धि

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १६ : २१ मा प्रकाशित

बुलिस यात्रामा श्रीलंकाको सेयर बजार : एक महिनामा १५८२ अंककाे वृद्धि

पछिल्लाे समय श्रीलंकाको सेयर बजार बुलिस यात्रामा देखिएकाे छ । थलिएकाे अर्थतन्त्र पुन: सुधारतर्फ लम्किरहँदा श्रीलंकन बजार बढिरहेकाे छ । 

याे समाचार तयार पार्दासम्म श्रीलंकाकाे बजार १०३०९.१५ विन्दुमा पुगेकाे छ । एक महिना अघिकाे तथ्याङ्क हेर्दा एक महिना अगाडि श्रीलंकाकाे बजार ८७२७.६८ (जुन ७ तारिखका दिन) विन्दुमा थियाे । याे एक महिनाकाे अवधिमा बजार १५८१.४७ अंकले बढेर १०३०९.१५ काे विन्दुमा पुगेकाे हाे ।

जनवरी १८, २०२२ मा १३,४०० को विन्दु चुमेको श्रीलंकन बजारमा चरम आर्थिक संकट र राजनीतिक बिचलन सँगै तिव्र गिरावट आएको थियो ।  १३,४०० को विन्दुबाट खसेर बजार ६,८०० को विन्दुसम्म झरेको थियो । पछि फेरि बढेर १०१०२.७० विन्दुमा पुगेकाे थियाे । १० हजार नाघेपछि फेरि घटेर ७ हजारसम्म झरेकाे श्रीलंकन बजार अहिले फेरि बढेर १० हजारकाे विन्दुमा पुगेकाे हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको