Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा कमायो सिटिजन्य बैंकले ३१ करोड ९० लाख

मंगलबार, ०७ कार्तिक २०७४, ११ : ३३ मा प्रकाशित

तीन महिनामा कमायो सिटिजन्य बैंकले ३१ करोड ९० लाख

अर्थ संसार, काठमाडौं–  सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७ दशमलव ५४ प्रतिशतले घटेको हो । कम्पनीले अधिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३४ करोड ५१ लाख रुपैयाँ कमाएको थियो । 

गत बर्षको तुलनामा सम्भावित जोखिमबाट राइट ब्याक कम हुँदा बैंकको नाफा घटेको हो । गत बर्षको असोजमा ४४ करोड ५८ लाख रुपैयाँ राइट ब्याक भएकोमा यो बर्ष सात करोड १० लाख रुपैयाँ मात्र भएको हो।
 
बैंकले असोजसम्ममा ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब छ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४८ करोड १४ लाख रुपैयाँ रहेको छ ।

बैंकले एक बर्षमा पाँच अर्ब ५३ करोड रुपैयाँबाट चुक्ता पूँजी बढाएर आठ अर्ब दुई करोड रुपैयाँ पुर्याएको छ । बैंकको पूँजी कोष अनुपात २.५६ प्रतिशतले बढेको छ ।

बैंकको  जोखिम युक्त सम्पति १६ दशमलव ०१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ९९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको