अर्थ संसार, काठमाडौं– इन्भेष्टमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको आज बसेको ३१औं बार्षिक साधारण सभाको बैठकले २०७३÷७४ सम्मको संचित मुनाफाबाट २०७४ असार मसान्तमा कायम सेयर पूँजीको १५ प्रतिशत बोनस पारित गरेको हो ।
४ जना सचुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ । जुन नेपालको निजी बैंकमध्यको सबैभन्दा बढी हो । त्यस्तै सञ्चिति रकम ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकले आव २०७३ र७४ मा ५ अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।
यो अघिल्लो आवको भन्दा २६ दशमलब ७ प्रतिशतले बढी हो । त्यस्तै खुद मुनाफा २२ दशमलब १ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप १५ दशमलब ७ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले हाल उपत्यका भित्र र बाहिर गरी ६१ओटा शाखा कार्यलय, ३ एक्सटेन्सन काउन्टर र ९९ ओटा एटिएम पुगेको छ ।
४ जना संस्थापक सेयरधनी निर्वाचित
सभाले बैंकको संस्थापक सेयरधनीमा कविकुमार टिवरेवाल, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाण्डे निर्विरोध निर्वाचित गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस