Like us!
Follow us!
Connect us!
Watch us!

इशा अम्बानी र राजीव महर्षि रिलायन्सको वित्तीय सेवा कम्पनीमा निर्देशक नियुक्त

अर्थ संसार

सोमबार, २५ असार २०८०, ११ : ५७ मा प्रकाशित

इशा अम्बानी र राजीव महर्षि रिलायन्सको वित्तीय सेवा कम्पनीमा निर्देशक नियुक्त

मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र पूर्व नियन्त्रक तथा लेखा परीक्षक (सीएसजी) राजीव महर्षि रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) बाट अलग भएको वित्तीय सेवा कम्पनीको सञ्चालक समितिमा समावेश भएका छन्। नयाँ कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालक नियुक्तिलाई अनुमोदन गरेको हो ।

आरआईएलले शनिबार सेयर बजारलाई दिएको सूचनाअनुसार इशा मुकेश अम्बानीलाई गैर–कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको छ। 

रिलायन्सका कार्यकारी निर्देशक अंशुमान ठाकुरलाई पनि गैर कार्यकारी निर्देशक बनाइएका छन् । यसैबीच, पूर्व आरएसआईएल ब्यूरोक्रेट राजीव महर्षि पाँच वर्षको लागि स्वतन्त्र निर्देशकको रूपमा नियुक्त गरिएका छन्।

रिलायन्सले कम्पनी अलग हुने मिति जुलाई १ तारिख तोकेको थियो । त्यसैगरी नयाँ कम्पनीको सेयर बाँडफाँडका लागि असार २० गते मिति तोकिएको थियो । रिलायन्सले पहिले आफ्नो वित्तीय सेवा उद्यम रिलायन्स रणनीतिक लगानी लिमिटेडको डिमर्जर घोषणा गरेको थियो र यसलाई जीयो फाइनान्सीयल सर्भिसेस लिमिटेडको रूपमा सूचीबद्ध गर्नको लागि पुनः नामाकरण गरेको थियो।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको