Like us!
Follow us!
Connect us!
Watch us!

१० मेगावटसम्मका आयोजनाको पिपीए हुने, १० मेगावाट भन्दा माथिको के हुन्छ ?

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १७ : ३४ मा प्रकाशित

१० मेगावटसम्मका आयोजनाको पिपीए हुने, १० मेगावाट भन्दा माथिको के हुन्छ ?

सरकारले आगामी आर्थिक वर्षको बजेटबमा १० मेगावटसम्मका जलविद्युत आयोजनाको पिपीए गर्ने बताएको छ । करिब दुई तिहाइको सरकारले ल्याएको बजेटमा १० मेगावाट भन्दा माथिका आयोजनाको पिपीए के हुन्छ भन्ने विषयमा केही पनि बोलेको छैन । 

सरकारको नेतृत्व गरेको रास्वपाले आफ्नो बाचापत्रमा समेत ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यस अघिको सरकारले पनि साढे २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यलाई पुरा गर्नका लागि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुन्छ । तर, १० मेगावाटसम्मको आयोजनाको मात्रै पिपीए हुने कुराले त्यो भन्दा माथिका आयोजनाको पिपीएको विषय के हुन्छ भन्ने आम चासोको विषयका रुपमा रहेको छ । 

यदि सरकारले १० मेगावाट सम्मका आयोजनाको मात्रै पिपीए गरेको खण्डमा त्यो भन्दा ठूला आयोजना बनाउने ऊर्जा उत्पादकहरु मारमा पर्ने ऊर्जा उद्यमी तथा अरुण काबेलीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको भनाइ छ । ‘सरकारले १० मेगावटसम्मको आयोजनाको पिपिए गर्ने भनेको छ । त्यो भन्दा ठूलो क्षमताका आयोजनको पिपिए के हुन्छ ? त्यो विषयमा बजेटले बोलेको छैन,’ उनले भने । उनले सरकारले बजेटमा नै निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा सहभागि गराउने भनेकाले पनि ठूला आयोजनाको विषयमा नबोलेको हुन सक्ने बताए ।

सरकारले निजी क्षेत्रलाई पनि प्रसारण लाइन र विद्युत बिक्रीमा सहभागि गराएमा जलविद्युत क्षेत्रले ठूलो रोजगारी सिर्जना गर्न सक्ने अवस्था रहेको बताए । देशको विकासका लागि जलविद्युत र कृषि नै मेरुदण्ड रहेको न्यौपानेको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको