Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँको पक्षमा फैसला,अदालतले कुमारी बैंकलाई भन्यो– तत्काल ऋण असुलीमा ताकेता नगर्नु

अर्थ संसार

विहीबार, २८ असार २०८०, ११ : १२ मा प्रकाशित

दुर्गा प्रसाईँको पक्षमा फैसला,अदालतले कुमारी बैंकलाई भन्यो– तत्काल ऋण असुलीमा ताकेता नगर्नु

उच्च अदालत विराटनगरले कुमारी बैंकलाई पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न आदेश दिएको छ । उच्च अदालत  विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चलल क्यान्सर अस्पतालको नाममा रहेको ३० करोड गरि एक अर्ब रुपैयाँ ऋण तिर्न बैंकले ताकेता गरेपछि उनी अदालत पुगेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको