शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा अब भागबण्डाको राजनीति अन्त्य गर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्ने बताए। उनले विश्वविद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने बताए।उनले आफ्नो वा अन्य पार्टीबाट दबाब आएमा त्यसलाई रोक्ने बताए।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई हामीले अबको ४ वर्षमा पूर्ण रूपमा अन्त्य गर्नेछौँ। भागबण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। राजनीतिक रूपबाट कसलाई कहाँ राख्ने, सरुवा, बढुवा वा नियुक्ति गर्ने जस्ता दबाबहरू विश्वविद्यालयमा कहिल्यै आउने छैनन्। यदि त्यस्तो दबाब आयो भने शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउन काम गर्नेछौँ।अब विश्वविद्यालयमा जे हुन्छ, मेरिटोक्रेसीको आधारमा हुन्छः जे हुनुपर्ने हो, त्यही हुन्छ, राजनीतिक आधारमा केही पनि हुने छैन। हामीले देखेको सपना कुनै धेरै ठूलो सपना होइन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस