Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि ज्योति विकास बैंक र राप्तीभेरीको एकिकृत कारोबार  सुरु

बुधबार, ०८ कार्तिक २०७४, ११ : १९ मा प्रकाशित

आजदेखि ज्योति विकास बैंक र राप्तीभेरीको एकिकृत कारोबार  सुरु

अर्थ संसार, काठमाडौं – ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंककोआजदेखिखि एकीकृत कारोबार सुरु भएको छ । ज्योतिले राप्तीभेरीलाई एक्वायर गरेर ज्योति विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले असोज २६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो ।

एक्वायरपश्चात राप्तीभेरीको सम्पूर्ण सम्पत्ति र दायित्व अब ज्योति विकास बैंकले सकार्ने छ भने बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमै रहनेछ ।

ज्योतिको गत भदौ ५ र राप्तीभेरीको असार १७ गते भएको साधारण सभाले राप्तीभेरीलाई ज्योति विकास बैंकले एक्वार गर्ने प्रस्ताव पारित भएको थियो ।

राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि ज्योतिले राप्तीभेरीलाई एक्वायर गरेको हो ।
 
हाल ज्योतिको चुक्ता पुँजी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपैयाँ छ भने राप्तीभेरीको १५ करोड ७० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योतिले २६ करोड १८ लाख २० हजार रुपैयाँ र राप्तीभेरीले १ करोड ४७ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

ज्योतिको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा छ । त्यसैगरी, राप्तीभेरीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३६ पैसा छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको