Like us!
Follow us!
Connect us!
Watch us!

शाओमीको रेड्मी १२ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १७ : २८ मा प्रकाशित

शाओमीको रेड्मी १२ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।   

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने, “हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुनः परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्नेछ ।” 

बजार उपलब्धता 
रेड्मी १२  मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी  भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।
६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य रु. १७,९९९ र रु.२०,९९९ रहेको छ । रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी  स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको