Like us!
Follow us!
Connect us!
Watch us!

साओमीको ‘दसैँको वहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १२ : ३५ मा प्रकाशित

साओमीको ‘दसैँको वहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन

शाओमीले दशैं अफर अन्तर्गत नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” सार्वजनिक गरेको छ । यस क्याम्पेनमा ग्राहकहरुले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिद गर्दा दैनिक पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् ।  यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ । 

अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको