Like us!
Follow us!
Connect us!
Watch us!

आजैदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा दर घट्यो, कहाँ पुग्न कति लाग्ने? (सूचिसहित)

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १३ : १७ मा प्रकाशित

आजैदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा दर घट्यो, कहाँ पुग्न कति लाग्ने? (सूचिसहित)

सरकारले सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । आज (सोमबार)बाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । 

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने बताइएको छ ।

आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३.०९ प्रतिशत मूल्य घटाएर भाडा दर समायोजन गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको