Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंकको गरी एकिकृत कारोबार सुरु

विहीबार, ०९ कार्तिक २०७४, १२ : ४२ मा प्रकाशित

ज्योति विकास बैंक र  राप्तीभेरी विकास बैंकको गरी एकिकृत कारोबार सुरु

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको राप्ती भेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी कात्र्तिक  ८ गतेदेखि एकिकृत कारोबार सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । ज्योति विकास बैंक लिमिटेड नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नितीलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रिय स्तरको विकास बंैकहरुलाई सफलता पूर्वक मर्जर र प्राप्ति गरेको छ ।

यस  प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको छ  भने कुल निक्षेप रु. १२ अर्व ४० करोड, कर्जा लगानी रु. १० अर्व ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।

ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट वोनस शेयर वितरण पश्चात चुक्ता पूँजी आवश्यकता सहजै पूरा हुनेछ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्दैछ भने निकट भविष्यमा पनि जारी गर्दैछौँ ।

वि. स. २०६५ श्रावण ९ गतेस्थापना भएको ज्योति विकासबैंक लिमिटेडले स्थापनाको नौ बर्षको अवधिमा निजि क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।

ज्योति विकासबैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ  बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवासेवा प्रदान गर्ने विश्वास एंव प्रतिबद्घता व्यक्त गर्दछौँ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको