Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर टेलिभिजनले किन बन्द गर्यो  ‘ह्वाट द फ्लप’ शोे?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १४ : १५ मा प्रकाशित

कान्तिपुर टेलिभिजनले किन बन्द गर्यो  ‘ह्वाट द फ्लप’ शोे?

कान्तिपुर टेलिभिजनले प्रसारण गर्दै आएको  ‘ह्वाट द फ्लप’ शोको प्रसारण रोकिएको छ । टेलिभिजनले आज (बिहीबार) सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टेलिभिजनले उक्त एपिसोडलाई हटाएको थियो ।

बिहीबार जारी सूचनामा टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको