सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकका मुख्य निर्णयबारे जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय
–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस