Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले सरकारलाई ठिक ठाउँमा राख्ने तागत राख्छ - गगन थापा

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, १५ : ५४ मा प्रकाशित

कांग्रेसले सरकारलाई ठिक ठाउँमा राख्ने तागत राख्छ  - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई विधि र पद्धतिको कसिमा राख्ने सामर्थ्य कांग्रेससँग रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सरकार वा प्रधानमन्त्री कोही पनि नियम र कानुनभन्दा माथि हुन नसक्ने कुरामा जोड दिए। 

उनले भने, ‘हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ। रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ। मैले निर्वाचन अघि पनि भनेको थिए, कांग्रेसले सरकार चलाउने मौका पायो भने बेगले गाडी चलाउँछौँ भनेर, सुशासन ल्याउनको लागि हिजोको स्पिडले हुँदैन।’

उनले सरकार गति र बेगको नाममा लहडमा लाग्न नहुने बताए। राज्यले निजी क्षेत्रसँग गरेको व्यवहारको ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्ने बताए। उनले सङ्घमा प्रश्न उठाएजस्तो प्रदेशमा उठेका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको