Like us!
Follow us!
Connect us!
Watch us!
चीफ जस्टिसले भने– यो अस्वीकार्य छ

भारतको मणिपुरमा महिलालाई निर्वस्त्र धुमाएकोप्रति अदालतले भन्यो– राज्य सरकारले कारवाही नगरे हामी गर्छौ

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १२ : ४३ मा प्रकाशित

भारतको मणिपुरमा महिलालाई निर्वस्त्र धुमाएकोप्रति अदालतले भन्यो– राज्य सरकारले कारवाही नगरे हामी गर्छौ

भारतको सुप्रीम कोर्टले मणिपुरमा दुई महिलाहरूलाई निर्वस्त्र घुमाएको घटनामाथि आफै निर्णय लिने भएको छ। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षतामा बसेको छ बेन्चले उक्त निर्णय लिएको हो ।

चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षताको बेन्चले भन्यो, ‘यी चित्रहरूले धक्का पुगेको छ। हिंसा प्रभावित क्षेत्रहरूमा महिलाहरूलाई सामग्री सरह प्रयोग गरियो । यदि राज्य सरकारले कारबाही गरेन भने हामी गर्ने छौ ।’ मामिलाको अर्को सुनवाई २८ जुलाईमा हुनेछ ।

आज चीफ जस्टिसले अटर्नी जनरल आर। वेंकटरमणी र सलिसिटर जनरल तुषार मेहतालाई कोर्टमा बोलाए । जब कोर्टमा सुनवाई शुरू भयो, चीफ जस्टिसले भने, ‘हिजो दुई महिलाहरूलाई निर्वस्त्र गरेर घुमाएको भिडियो चिन्ताको विषय हो। यो समय वास्तवमा सरकारले काम गर्नुपर्ने हो । यो अस्वीकार्य छ ।’

कोर्टले भन्यो, ‘कुनै महिलाको प्रयोग साम्प्रदायिक विभाजन बढाउनको निम्ति गर्न सकिँदैन । यो मानवाधिकारको सोझो उल्लंघन हो । यो लोकतान्त्रिक संविधानको निम्ति सही होइन ।’-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको