Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलस्थित् भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १५ : ५२ मा प्रकाशित

त्रिभुवन विमानस्थलस्थित् भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ। अर्थमन्त्री डा.प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत असार १७ गतेदेखि बिरामी बिदामा छन् । उनी सुन बरामद प्रकरण हुनुभन्दा अधि देखिनै विदामा थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको