लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई जिल्ला अदालत काठमाडौंले तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सोमबार न्यायाधीश नवराज दुलालको इजलासले बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाउन भन्दै उक्त म्याद स्वीकृत गरेको हो। सरकारी वकिलको कार्यालयले थप प्रमाण संकलन तथा विस्तृत बयान आवश्यक रहेको उल्लेख गर्दै हिरासतको समय माग गरेको थियो।
यसअघि महान्यायाधिवक्ताको कार्यालयले गत जेठ १६ गते शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। तर, पछिल्लो घटनाक्रमसँगै पुनः अनुसन्धान अघि बढाइएपछि उनलाई पक्राउ गरिएको हो।
शर्माका कानुन व्यवसायीहरूले भने एकपटक मुद्दा नचल्ने निर्णय भइसकेको अवस्थामा पुनः सोही विषयमा पक्राउ गर्नु गैरकानुनी रहेको तर्क अदालतमा प्रस्तुत गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस