Like us!
Follow us!
Connect us!
Watch us!

४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, २१ : ३५ मा प्रकाशित

४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज यूनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर  र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, यूनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर  सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ०८९.७८ कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ४ प्रतिशत बोनस सेयर दिएको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको  ५ हजार ६४ हजार ९ सय कित्ता सेयर सूचीकृत भएको हो । गत वर्ष को नाफा बाट ५  प्रतिशत बोनस सेयर दिएको हो । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २० लाख ४१ हजार ४५९.२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष को नाफा बाट ४  प्रतिशत बोनस सेयर दिएको हो ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको