Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सरकारप्रति सेयर बजारको अविश्वास, २ प्रतिशत बढीले घटेर बन्द

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १५ : ०९ मा प्रकाशित

नयाँ सरकारप्रति सेयर बजारको अविश्वास, २ प्रतिशत बढीले घटेर बन्द

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता उल्लेख्य रुपमा बढेको बजार यो साताको पहिले दिन नै २ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको हो । 

आज सेयर बजारमा नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन हो । नयाँ सरका बनेपछि बजारमा सकारात्मक अवस्था देखिने आशाका बीचमा सेयर बजारमा ७१.०५ अंकको गिरावट आएको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८७९.११ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा २.४० प्रतिशतले कम हो । 

आज सेयर बजारमा २५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ । 

सेयर बजारमा उच्च अंकको गिरावट आएको दिन १५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १ लाख ९६ हजार १५८ पटक खरिद बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ । 

नेप्से परिसूचक उच्च अंकले घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको