Like us!
Follow us!
Connect us!
Watch us!

एकसाथ दुई बीमा कम्पनी

शुक्रबार, १० कार्तिक २०७४, १५ : २२ मा प्रकाशित

एकसाथ दुई बीमा कम्पनी

अर्थ संसार, बागलुङ– वित्तीय र सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले बागलुङमा आफ्ना दुई बीमा कम्पनीका शाखा विस्तार गरेको छ ।

आइएमई समूहद्वारा सञ्चालित आइएमई जीवन बीमा र आइएमई निर्जीवन बीमा कम्पनी बागलुङ शाखाले बिहीबारदेखि सेवा शुभारम्भ गरेका छन् ।

दुवै शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गर्नुभयो । जीवन बीमाको दोस्रो र निर्जीवन बीमा कम्पनीको २२औंँ शाखा बागलुङमा स्थापना भएको हो । समितिका अध्यक्ष चापागाईंले बीमा कम्पनीले पुँजी निर्माणमा सघाउ पु¥याउने बताउनुभयो ।

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले न्यूनतम रु २५ हजारदेखि अधिकतम मूल्यसम्म बीमा गर्न सकिने व्यवस्था रहेको बताउनुभयो ।

आइएमई निर्जीवन बीमा कम्पनीले घर, गाडी, व्यवसाय, उद्योगधन्दा लगायतका क्षेत्रमा बीमा सुविधा प्रवाह गर्ने जनाएको छ । दुवै कम्पनीले अलग–अलग स्थानमा शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको