Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा सुजुकी मोटरसाइकल शोरुमको शुभारम्भ

शुक्रबार, १० कार्तिक २०७४, १५ : ३८ मा प्रकाशित

पोखरामा सुजुकी मोटरसाइकल शोरुमको शुभारम्भ

अर्थ संसार, काठमाडौं–नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्स को पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वल्र्डले आजदेखि पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।  उक्त शोरुमको समुद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्व शंकर पालिखेले गर्नु भयो ।

उक्त उद्घाटन समारोहमा मन्तव्य राख्दै पालिखेले हिमालय अटो वल्र्ड आफैमा यस क्षेत्रको सफल, प्रतिष्ठित संस्था रहेको र यसै संस्थाका अध्यक्ष थापा एक सफल व्यवसायीको उचाइमा दर्ज भई सक्नु भएकोले सुजुकी मोटरसाइकल तथा स्कुटरको नया तथा पुराना उपभोक्तालाई विक्रि तथा विक्रि पछिको सेवा चुस्त दुरुस्त हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो, साथै सुजुकी व्राण्डका मोटरसाइकल तथा स्कुटर आफैमा एउटा विशुद्ध जापानीज तथा मजवुत उत्पादक रहेको, सुजुकीका कुनै पनि मोडेलहरुमा प्राविधिक त्रुटी नरहेको तथा लामो र छोटो दुरिको लागि समेत आरामदायी रहेको जानकारी आफुले विभिन्न क्षेत्रका साथीहरुसँग प्राप्त गरेको अनुभव समेत सुनाउनु भएको थियो ।

उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले स्वागत मन्तव्य राख्दै सुजुकी ब्राण्डको बारेमा प्रष्ट्याउनु भयो । साथै सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराउनु भयो ।

हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको जानकारी दिनुभयो ।

उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिनुभयो र सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई विक्रि तथा विक्रि पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।

कार्यक्रमको समापनमा बोल्दै हिमालय अटो वल्र्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने समेत प्रस्ट्याउनु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक प्रज्वल उप्रेतीले गर्नु भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको