होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आज (मंगलबार) एक विज्ञप्ति जारी सो विषयमा जानकारी दिएका हो ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.१,१५,००,००,००० (रु.एक अरब पन्ध्र करोड) रकम बराबरको १,१५,००,००० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।
यस कम्पनीले मिति २०७६।०३।१३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस