Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

शनिबार, ११ कार्तिक २०७४, १९ : २६ मा प्रकाशित

धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

अर्थ संसार, काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नं को यात्रुबस आज बिहान त्रिशूली नदीमा खस्दा दर्जनौँ यात्रुको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

हेर्नुहोस्, फोटोमा धादिङको बस दुर्घटना, ३१ जनाको मृत्यु ( नामलिष्टसहित)

(अपडेट) धादिङको त्रिशुली नदिमा बस खस्दा ३१ जनाको मृत्यु (नाम लिष्टसहित)Google+Email

हेर्नुहोस्, यसरी जित्दै छ देशैभर वाम गठबन्धनले 

बजारमा ६ अर्बको सेयर आउँदै, कुनको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको