Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको बस दुर्घटनको छानबिन गर्न समिति गठन

आइतबार, १२ कार्तिक २०७४, ०८ : ०५ मा प्रकाशित

धादिङको बस दुर्घटनको छानबिन गर्न समिति गठन

अर्थ संसार, धादिङ– धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी भएका बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्रालयले शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।

समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्

हेर्नुहोस्, फोटोमा धादिङको बस दुर्घटना, ३१ जनाको मृत्यु ( नामलिष्टसहित)

(अपडेट) धादिङको त्रिशुली नदिमा बस खस्दा ३१ जनाको मृत्यु (नाम लिष्टसहित)

हेर्नुहोस्, यसरी जित्दै छ देशैभर वाम गठबन्धनले 

बजारमा ६ अर्बको सेयर आउँदै, कुनको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको