अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज विहान धादिङको त्रिशूली नदीमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति दुवै पार्टीले गहिरो समवेदना प्रकट गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको शोक वक्तव्यमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा गम्भीर पहल गर्न सरकारसँग माग गर्दै उद्दार र उपचारको आवश्यक पहल गर्न पार्टी पक्तिलाई निर्देशनसमेत दिनुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस