Like us!
Follow us!
Connect us!
Watch us!

लेखा अधिकृत ढकालविरुद्ध मुद्दा दायर

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १७ : २२ मा प्रकाशित

लेखा अधिकृत ढकालविरुद्ध मुद्दा दायर

मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिन सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ढकाललाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा ढकालले विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको हो ।

उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दुई लाख रुपैयाँ बिगो र ऐनको दफा ३ को उपदफा (१)को (घ) बमोजिम कैद सजाय माग दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको बताइएको छ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको