Like us!
Follow us!
Connect us!
Watch us!

जलशक्ति हाइड्रोको स्थगित साधारणसभा असार २२ गते, के-के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, ०१ असार २०८३, ११ : ४४ मा प्रकाशित

जलशक्ति हाइड्रोको स्थगित साधारणसभा असार २२ गते, के-के छन् एजेण्डा ?

जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गतेका लागि ११ औँ साधारणसभा गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ २९ गतेका लागि बोलाएको साधारणसभा स्थगित भएको थियो । उक्त सभा विशेष कारणले स्थगित भएको कम्पनीले जनाएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय महाराजगंज काठमाडौंमा विहान साढे १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने र आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ । 

त्यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा सो सम्बन्धमा थपघट गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनीको ऋण, जमानी तथा लगानी सम्बन्धी विशेष प्रस्तावहरु पास गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको