राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको आरोप लगाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले यस्तो बताएका हुन् ।
कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको उनले स्पष्टपारे । ‘यो राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुनचाहीँ पार्टी हो ? कुनचाहीँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई ।’ उनले भने
उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै यसको दोष सबैले लिनुपर्ने बताए ।बैठक बस्नका लागि आफूले समिति सदस्यहरूसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको केसीको भनाई छ ।
उनले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रूपले अगाडि जानुपर्ने बताए ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस