अर्थ संसार, काठमाडौं–ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ३९औं वार्षिक साधारणसभा आज शुरू भएको छ । होटल हायातमा सुरु भएको साधारणसभाले आगामी दुई वर्षे कार्यकालका निम्ति नयाँ नेतृत्व चयन गर्दै छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा पूर्वमहासचिवद्वय मोहन लम्साल र नवराज दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । तर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लगायतका वामपन्थी गठन्धनका कारण दाहाल प्यानल विजयी हुने अत्याधिक सम्भावना रहेको छ ।
दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भूसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा र कोषाध्यक्षमा रामकृष्ण तिमल्सिनाले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै सचिवमा सुजन लामिछाने, सहकोषाध्यक्षमा तारा लामा तथा सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यस्तै लम्साल समूहको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मैदान उत्रिएका छन् ।
त्यस्तै सहकोषाध्यक्षमा किरण धरेल तथा कार्यसमिति सदस्यहरुमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जाङ्ग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सूर्यबहादुर थापा, कुलप्रसाद सुवेदी र सरोज कट्टेल प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अध्यक्षका प्रत्यासी मोहन लम्सालले समृद्व टान बनाउने अभियानस्वरुप आफ्नो टिम आएको बताएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी दाहालले भने नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरीय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताए । करिब १२ सयको हाराहारीमा मतदाता रहेका छन् ।
साधारणसभाले १९ सदस्यीय कार्यसमिति निर्वा्चित गर्न लागेको हो । कार्यसमितिमा थप ४ जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था टानको विधानमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस