Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरण– १० चिनियाँ नागरिक कालोसूचीमा, भाग्ने प्रयास गरे गिरफ्तार गरिने

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १७ : १९ मा प्रकाशित

सुन तस्करी प्रकरण– १० चिनियाँ नागरिक कालोसूचीमा, भाग्ने प्रयास गरे गिरफ्तार गरिने

राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न १० चिनियाँ नागरिकलाई कालोसूचीमा राखेको छ ।

सुन तस्करी प्रकरणमा प्रारम्भिक अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता र संलग्नता संगठित रुपमा देखिएको भारतीय सञ्चारमाध्यम हिन्दूस्थान समाचारले लेखेको छ । 

ढुंगानाकाअनुसार अहिलेसम्मको अनुसन्धानमा १० जना चिनियाँ नागरिकको नाम फेला परेको छ, जो अध्यागमनमार्फत कालोसूचीमा परेका छन्, अर्थात् त्यस्तो शंकास्पद व्यक्ति विमानस्थल वा सडकबाट भाग्न खोजेमा तत्काल पक्राउ गरी विभागलाई बुझाइने छ ।

अनुसन्धान विभागद्वारा कालोसूचीमा परेका चिनियाँ नागरिकहरू जोन जेनवा, याओ पुचेन, विन सियांगत्जा, वोन यान, लिन वेन सन, तुचेन याओ, जुन्तान चेन, जिलिन ली, फुयान लिउ र जिक्वान लिन हुन्। तीमध्ये हालसम्म एक जना जिक्वान लिन पक्राउ परेका छन् । ती सबै नागरिक अझै नेपालमै रहेकाले भाग्ने प्रयास हुन सक्ने भएकाले उनीहरुको नाम कालोसूचीमा राखिएको विभागले जनाएको छ ।

यसबाहेक प्रहरीले चार चिनियाँ नागरिकविरुद्ध लुकआउट नोटिस जारी गरेको छ । यस मामिलामा हालसम्म पक्राउ परेका प्रमुखहरू पनि चीनसँग सम्बन्धित छन्। दावा छिरिङसँग बेल्जियमको राहदानी छ तर उनी मूलतः चीनका नागरिक हुन्। यसबाहेक चिनियाँ मूलका भारतीय राहदानीधारी पनि पक्राउ परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको