Like us!
Follow us!
Connect us!
Watch us!

टानमा वामपन्थी गठबन्धनको ऐतिहासिक जीत, लोकतान्त्रिक गठबन्धन पराजित

सोमबार, १३ कार्तिक २०७४, ०८ : ५० मा प्रकाशित

टानमा वामपन्थी गठबन्धनको ऐतिहासिक जीत, लोकतान्त्रिक गठबन्धन पराजित

अर्थ संसार, काठमाडौँ – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षसहित अधिकांश पदमा नेकपा(माओेवादी केन्द्र) र नेकपा(एमाले)को संयुक्त वामपन्थी गठबन्धन विजयी भएको भएको छ ।

नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानलले केही सिटमा विजयी हासिल गरेपनि नराम्ररी पराजित भएको छ । उसले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।

टानको आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत बटुले ।दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस र नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन ।

टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो । महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको