Like us!
Follow us!
Connect us!
Watch us!

दृष्टि आँखा केन्द्रको शाखा टोखामा, सेवा यस्ता छन्

सोमबार, १३ कार्तिक २०७४, २० : ३४ मा प्रकाशित

दृष्टि आँखा केन्द्रको शाखा टोखामा, सेवा यस्ता छन्

अर्थ संसार, काठडौं– दृष्टि आँखा केन्द्रले  टोखा नगरपालिकासँगको साझेदारीमा नयाँ शाखा विस्तार गरेको छ ।

यसअघि झापाको विर्तामोड, पर्साको विरगन्जतथा काठमाडौको जमल , लगाएतका स्थानमा शाखा सञ्चालन गरि सेवा प्रदान गर्दै आएको केन्दले आफ्नो सेवा विस्तारको क्रममा आठौ शाखाको रुपमा टोखानगरपालिका वडा नं ३ मा आजबाट सेवा आरम्भ गरेकोे हो ।

टोखामा स्थापना गरिएको दृष्टि आँखा केन्द्रमा आँखाको परिक्षण, चस्मा परिक्षण तथा चस्मा सम्बन्धी सुविधा, मोतियाविन्दुको परिक्षण, जलबिन्दुको परिक्षणका साथै आँखाको पर्दाको जाँचको सुविधा समेत उपलब्ध गराईनेछ ।

आँखा परिक्षणमा सवैको सहजपहुँच पुर्याउन पाँचबर्ष मुनिका बालबालिका र ७० उमेर पुगेकाहरुलाई निशुल्क आँखा परिक्षणको व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले बताउनुभयो । त्यसैगरी अपाङ्गताभएका, एकलमहिला र दलित समुदायको हकमा ६० बर्ष पुगेकालाई निःशुल्क आँखा परिक्षणको सहुलिएत प्रदान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको आँखा स्वास्थ्य नीति तथा डब्लुएचओको ग्लोबल एक्सन प्लान अन्र्तरगत रहेर आँखा स्वास्थ्य सेवाको पहुँच सवैमा पुर्याउने उदेश्यले यस शाखाको स्थापना गरिएको हो ।

दृष्टि आँखा केन्द्रले पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुसार स्थानिय सरकारसँगको साझेदारीमा थालनि गरिएको यस सेवा कोशे ढुङ्गाको रुपमा स्थापित हुने विश्वास लिएका छ ।  नीजि लगानीमा सञ्चालितभएर पनि सरकारी अस्पताल जत्तिकै सुलभ मूल्यमा सेवाप्रदान गर्ने लक्ष्य दृष्टि आँखा केन्द्रले लिइएको छ ।

दृष्टि आँखा केन्द्रका तर्फबाट यो अवसरमा बार्षिक रुपमा अतिविपन्न समुदायका १० जनालाई निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने समेत प्रतिबद्घता व्यक्त केन्द्रले गरेको छ ।

 

59f73dcbb9505.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको