अर्थ संसार, काठमाडौं एनएमबी बैंकले घर बनाउन अथवा नयाँ घर-जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्याएको छ ।
यस घरकर्जाको मुख्य बिशषता भनेकै निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने रहेको छ ।
अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस