Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष पछि पहिलोपटक भारतसँग खेल्दै नेपाल

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १० : १९ मा प्रकाशित

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष पछि पहिलोपटक भारतसँग खेल्दै नेपाल

श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले एक दिवसीय क्रिकेट इतिहास रच्दै छ। नेपालले आज पहिलोपटक दुई पटक विश्व बिजेता रहेको भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

आज श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३: १५ बजे हुनेछ । 

नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष पछि मात्र भारत संग खेल्ने मौका प्राप्त गरेको छ । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक आज भारतसँग खेल्दै छ । 

तेती मात्र नभई नेपालले आज भारतलाई पराजित गरेमा एसिया कपको सुपर फोरमा पुग्ने सम्भावना पनि रहेको छ। तर यसो गर्न नेपाली टोलीले अति नै उतकृष्ट खेल्नु पर्नेछ र यसो भएमा नेपालको क्रिकेट इतिहासको सबै भन्दा ठुलो सफलता पनि हुनेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको