Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०८ : २६ मा प्रकाशित

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ ।

नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७; ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको